नेपाल मा पछिल्लो २४ घण्टामा थप ९ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर १६ हजार ४२ जनाको कोरोना परीक्षण भएकोमा ९ सय ६८ जनामा कारोना संक्रमण पुष्टि भएको हो ।

यसै गरी, गएको २४ घण्टामा ६ जना संक्रमितको मृत्यू भएको छ। भने नेपाल मा हाल सम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार एक सय ८० जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार एक सय १४ जना संक्रमणमुक्त भएका छन्।