प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक बोलाए का छन्। सोमबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए।
आज उहाँले नियमित बैठकनै बोलाउनुभएको हो। उनले भने दशैं बिदाको समयमा कसरी मुद्दाहरू माथि सुनुवाई गर्ने भन्ने विषयमा छलफलको एजेण्डा मात्रै हो।
प्रधानन्यायाधीश जबराले मन्त्रिपरिषद्मा आफ्नो कोटाबाट पनि मन्त्री बनाउनुपर्ने माग राखेको कुरा चर्चा छन्। तर, सर्वोच्च अदालतले सोमबार नै विज्ञप्ति जारी गरेर खण्डन गरिसकेको छ।

0 Comments
Do not include any spam or links on the comment otherwise, it will not visible.