बैतडी मा चट्याङ लागेर एक को मृत्यु भएको छ। डिलाशैनी गाउँपालिका–५ खालीफाँटाका २७ वर्षीय महेश लुहार को चट्याङ लागेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाका अनुसार सोमबार राति परे को चट्याङ ले अन्य तीन जना घाइते भएका छन्। घाइते हुनेहरु मा सोही ठाउँ मा अम्बे लुहार, हरिचन्द्र कोली र दार्चुलाको शैल्यशिखर नगरपालिका–९ का दीपक महर रहेका छन्।
घाइतेहरु खतरामुक्त रहेको र उपचारका लागि गोकुलेश्वर अस्पताल ल्याउँदै गरेको प्रहरी निरीक्षक ओझाले बताए। प्रहरीको टोली अहिले घटनास्थलमा खटिएका छन्।

0 Comments
Do not include any spam or links on the comment otherwise, it will not visible.