राष्ट्रिय प्रतिभा पुरस्कारबाट पुरसकृत युवा बैज्ञानिक विकल्प ढुंगानाले तनहुँको दमौली अस्पतालमा ३५ हजार लागतमा स्यानिटाइजर टनेल निर्माण गरेका हुन् ।
दमौली ।
तनहुँ सदरमुकाम दमौली अस्पतालमा स्वचालित स्यानिटाइजर टनेल जडान गरिएको छ । कोरोना भाइरस संक्रमण न्यूनीकरणका लागि अस्पतालको प्रवेशद्वारमा स्वचालित स्यानिटाइजर टनेल जडान गरिएको हो। राष्ट्रिय प्रतिभा पुरस्कार पाएका व्यास नगरपालिका-४ का विकल्प ढुंगानाले उक्त टनेल निर्माण गरेका हुन् । उनका अनुसार अस्पताल प्रवेश गर्नुअघि र निस्कने बेला उक्त उपकरणबाट व्यक्तिको शरीर स्यानिटाइज हुन्छ।
टनेल निर्माणका लागि ३५ हजार रुपैयाँ खर्च भएको छ । स्यानिटाइज गर्न १० लिटर क्षमताको ट्यांकी निर्माण गरिएको र त्यसलाई ३० हजार लिटर क्षमतामा वृद्धि गर्ने तयारी गरिएको छ । “एक व्यक्तिलाई पाँच सेकेण्डसम्म स्यानिटाइज गर्दा ५० देखि ६० एमएल औषधि खर्च हुन्छ,” ढुंगानाले भने, “मानिस उक्त टनेलभित्र रहेको अवस्थामा रातो बत्ती बल्छ र निस्किएपछि हरियो बत्तीले संकेत दिन्छ ।” अस्पताल संवेदनशील ठाउँ रहेकाले सेवाग्राहीलाई स्यानिटाइज गराएर मात्रै प्रवेश दिइन थालेको अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले बताए।
Source: रासस



0 Comments
Do not include any spam or links on the comment otherwise, it will not visible.