रौतहट, २८ चैत ।
नेपाल सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन देशैभर लकडाउन गरेको छ । यस लकडाउन अवधिमा सम्पूर्णलाई घरमै बस्नलाई आग्रह गरेको छ । नेपाल सरकारले अत्यावश्यक काममा बाहेक अन्य कामको लागि घर बाहिर ननिस्कन आग्रह गरेको छ । यसरी लकडाउनको अवज्ञा गर्ने विरुद्ध प्रहरीले पनि कडा रुप अपनाउँदै आएको छ । तर रौतहटस्थित एक मस्जिदमा लकडाउनको अवधिमा भीडभाड नगर्न अनुरोध गर्न गएका एकजना नेपाल प्रहरीमाथिनै हातपात भएको छ ।

लौकाहा प्रहरी चौकीमा प्रमुख प्रहरी सहायक निरीक्षक मुनमुन सिंहको गस्ती टोलीले जिल्लाको परोहा नगरपालिका स्थित तेजापाकड मस्दिजमा भीडदेखेपछि भीड नगर्न आग्रह गर्दा उल्टै उनीहरु प्रहरीमाथि जाइलागेको प्रहरीको भनाइ छ ।
मुस्लिम धर्मावलम्बीहरुको पर्व सबे वारातको पूर्वसन्ध्यामा उनीहरु बिहीबार साँझ ७ बजेतिर दुईसय बढीको संख्यामा मस्दिजमा भेला भएर नवाज पढ्दै थिए । सो समूहमा बच्चा, युवा, प्रौढ , वृद्ध सबै उमेरका मानिसहरु रहेका थिए ।
0 Comments
Do not include any spam or links on the comment otherwise, it will not visible.