हेलिन बोलेक टर्कीको एक प्रख्यात जनवादी लोक संगीत समूहकी युवा सदस्य थिइन । टर्कीकी २८ वर्षिया सुप्रसिद्ध जनवादी गायिका हेलिन बोलेक सरकारको विरोध गर्दे जनपक्षीय गीत गुन्जाउदै हिडने गर्थिन । उनको समुहलाई सरकारले टर्कीमा कार्यक्रम गर्न प्रतिवन्धित लगाएको थियो । उनी जव सडकमा आफनो बैण्डसँगै गीत गाउँथिन तव आम युवाहरु मात्र नभएर बुढाहरु समेत जुर्मुराउँथे । । मानौ हेलेनको गीतमा क्रान्तिको जादु हुन्थ्यो ।

यसैले टर्कीको सरकारले हेलिन र उनको समुहलाई कम्युनिष्टको आरोप लगाउदै गतिबिधिमाथि पुर्ण प्रतिबन्ध लगाउने मात्र हैन पक्राउ गरेर जेल पनि हाल्यो । पछि उनी र उनको समुहले सरकारले प्रजातन्त्र खोसेको भन्दै भोक हडताल सुरु गरे । सरकारले उनको भोक हडताल भंग गर्न अनेक उपाय लगायो तर हेलिन टसको मस भइनन ।
जेलबाट छाडिएपछि पनि आफनै निवासमा नजरबन्द अवस्थामा उनले निरन्तर भोक हडताल गरिरहिन । भोक हड्तालको २ सय ८८औं दिन अर्थात ३ अप्रिल २०२० (२१ चैत २०७६ ) मा उनको मृत्यु भयो । हष्टपुष्ट शरीरकी हेलिन लामो भोक हडतालले गर्दा मर्नुअघि हाडछालाको स्थितीमा थिइन । उनिहरुको समूहप्रति सरकारले लगाएको प्रतिवन्धको विरोधमा हेलिन लगायत समूहका केही सहकर्मीहरु मिलेर भोकहड्तालमा उत्रेका थिए ।
उनिहरुले समूहको आधिकारीक ट्विटर अकाण्टमा गरेको पोस्टका कारण सरकारलले अनेक झुठा आरोप लगाउदै प्रतिवन्ध लगाएको थियो । उनिहरुको समूहको नाम योरम हो । जसले विरोध शैलीका गीतहरु गाउने गर्दथ्यो । आफ्ना साथीहरु र समूहप्रति सरकारले लगाएको प्रतिवन्धको विरोधमा सरकारलाई दवाव दिनका लागि भोक हड्तालमा बस्ने क्रममा शुक्रवार उनको आफ्नै निवास इस्तानबुलमा मृत्यु भएको हो । योरम समूहलाई टर्की सरकारले सन् २०१६ देखि नै आम सांगितिक प्रस्तुती गर्नका लागि प्रतिवन्ध लगाएको थियो । त्यतिमात्र नभई समूहका केही सदस्यहरुलाई जेल पनि हालेको थियो । टर्की सरकारले योरमलाई रिभोलस्नरी पिपल्स लिभरसन पार्टी फ्रन्ट वा डिएचकेपीसी सँग लिकं रहेको भनी आरोप लगाएको छ ।

जुन पार्टीलाई टर्की सरकार, अमेरीका र युरोपियन युनियनले एक आतकंवादी समूह भनेर उपमा दिएका छन । बोलेक र समूहका साथीहरु पक्राउ परेर जेलमा रहँदा उनिहरुको रिहाई र समूहलाई प्रतिबन्धमुक्त गराउनका लागि बोलेक र उनका सहकर्मी इब्राहिम गोकेकले संयुक्त रुपमा भोक हड्ताल सुरु गरेका थिए । उनीहरु नोभेम्वरमा थुनामुक्त भएका थिए । बोलेक र गोकेक दुवैजनाको माग कन्सर्ट गर्नका लागि खुल्ला गरिनुपर्ने, जेलमा भएका साथीहरुको रिहाई र उनिहरुप्रति लगाइएको मुद्धा फिर्ता लिनुपर्ने भन्ने थियो ।

त्यतिबेला गोकेकको श्रीमतीसहित दुई साथीहरु जेलमा नै थिए । बोलेक र अंकारा आधारित मानव अधिकार संगठनका (जसलाई आइएचडी पनि भनिन्छ) अनुसार बोलेक र गोकेलाई जर्वजस्ती ११ मार्चमा अस्पताल लगिएको थियो । तर उनिहरुले उपचार गर्न नमानेपछि हप्तादिन पछि डिस्चार्ज गरिएको थियो ।
आइएचडीका अनुसार मानव अधिकारर्मीहरुको प्रतिनिधीमण्डलले टर्कीको डेपुटी इन्टिरियर मिनिष्टरसँग गत महिनामात्र भोक हड्तालको समाधानका लागि भेटवार्ता गरेका थिए । संगठनका अनुसार विरोध प्रर्दशन अन्त भएसम्म सरकारले त्यो कुरा स्विकार गर्न नसक्ने अडान लिएको थियो ।
(Source : Koshi Online)
0 Comments
Do not include any spam or links on the comment otherwise, it will not visible.